Tuesday, August 31, 2010

nepali live fm


RADIO SAGARMATHA



MACHAAPUCHRE F.M.


MAITRI F.M.







                                      BBC Nepali



                                        KANTIPUR F.M.




HITS F.M.






                                                 IMAGE F.M.



                                           NEPAL F.M.


                                        GORKHA F.M.

Tuesday, August 24, 2010

'विवाह यही वर्षभित्र'

कास्की, भाद्र ७ - नेपाली चलचित्रमा हिजो पनि आज पनि चर्चा राजेश हमालकै छ । उनको अभिनय होस् या व्यक्तिगत जीवन, सबैको चासोमा रहने गरेको छ ।
'पल्टन' चलचित्रको सुटिङ क्रममा उनी लेखनाथको वाराही स्टुडियोमा थिए । निर्माण पक्षले त्यही मेसोमा पत्रकार भेटघाटको चाँजो मिलाएको थियो । दुई दिनअघिको त्यो भेटघाटमा उनले धेरै प्रश्न विवाहसम्बन्धी नै झेल्नुपर्‍यो ।
'केटी नपाएरै -विवाह) नगरेको हो, पाए त गरिहाल्थें नि,' उनी मस्किँदै प्रस्तुत भए, 'एउटी त पाउनुपर्ने हो, तर खै पाइएकै छैन ।' उनी ४८ वर्षका भएको र यो बुढ्यौली उमेरमा कसले विवाह गर्ला र भन्ने प्रश्नमा उनले सुनाए, 'म ४८ वर्षको होइन, २८ वर्षको हुँ ।' अनि एक छिन हाँसो मात्रै सुनियो ।
'बीसौं वसन्त पार गरेको छु, विवाह हुने बेला बल्ल भएको छ ।' राजेशले यसो भन्दा सञ्चारकर्मीहरू र 'पल्टन' युनिटका सदस्यहरू झन् खित्का छाडेर हाँसेका थिए । 'विवाह गर्ने उमेर तोकिएको हुँदैन,' उनले भने, 'मन र विचार मिल्योे भने जुनसुकै उमेरमा पनि हुन सक्छ । सबै कुरा मिले यही वर्षभित्रै विवाह गर्न सक्छु ।' विवाह गरे चर्चा कम हुने ठानेर अविवाहित रहेको हो कि भन्ने जिज्ञासामा उनले आफूले कहिल्यै त्यस्तो नसोचेको बताए ।
'युगदेखि युगसम्म' बाट फिल्मी यात्रा थालेका राजेशले अहिलेसम्म २ सय ५० भन्दा बढी सिनेमामा अभिनय गरिसकेका छन् । दुई दशकभन्दा लामो समयदेखि नेपाली चलचित्रमा उनी शिष्ट तथा मिलनसार स्वभावका कारण पनि टिकिरहेका हुन् । 'अझै पनि चलचित्रका अफरमा कमी आएको छैन,' उनले भने ।
चलचित्रले नै आफ्नो पहिचान दिएकाले आगामी दिनमा पनि यसै क्षेत्रलाई निरन्तरता दिने उनले बताए । 'भविष्यमा निर्देशन गर्ने सोच छ,' उनले भने, 'नेपाली चलचित्र अझै पनि प्राविधिक रूपले कमजोर छन् । प्रविधिमा अझै धेरै परिवर्तन हामीले गर्नुपर्छ । अरू कुरामा नेपाली चलचित्रले फड्को मारेको छ ।'
राजनीतिक अस्थिरताले अन्य क्षेत्रमा जस्तै गर्दा चलचित्र उद्योगलाई पनि असर पारेको उनले जिकिर गरे । उनको विवाहको तिथिलाई त असर गरेको छैन होला ।From: Kantipur Online

Monday, August 23, 2010




theplanetnepal.blogspot.com